सिलगढी: आचारसंहिता लागू भएपछि निर्वाचन आयोगको निर्देशनअनुसार मेयर गौतम देवले ‘टक टु मेयर’ रोकेका थिए। यसैबीच, मेयर गौतम देव हिजो दिनभर मतदान सम्बन्धी कार्यक्रममा व्यस्त थिए। निर्वाचन आयोगको अनुमति लिएर आज उनले मेयर वार्ता कार्यक्रम शुरु गरेका हुन्। धेरैले मेयरलाई फोन गरेर आफ्नो समस्या सुनाए र मेयरले समाधान गर्ने आश्वासन दिए। तर कार्यक्रमको बिचमा मेयरले कार्यक्रम रोक्नु पर्ने म्यासेज निर्वाचन आयोगबाट आयो। त्यसपछि उनले कार्यक्रम बीचमै रोके।पछि मेयरले पत्रकारहरुलाई टक टु मेयर कार्यक्रम आयोगको अनुमति लिएर रोकिएको र आयोगको अनुमति लिएर शुरु गरिएको बताए। तर बिचमा बन्द गर्ने म्यासेज आयो र बन्द गरियो।











