काेलकाता: केन्द्रिय गृहमन्त्री अमित शाह र रक्षामन्त्री राजनाथ सिंह भोली चुनावी यात्रामा पश्चिम बंगाल आउने छन्। बालुरघाटमा जनसभा पछि यस पाली उनी दार्जीलिङ लोकसभा क्षेत्रमा भाजपाको जनसभालाई सम्बोधित गर्नेछन।
राजनाथ सिंहले पनि यही क्षेत्रमा एक जनसभा गर्नेछन्। उनले दार्जीलिङ बाहेक मुर्शिदाबाद र मालदामा पनि जनसभाहरू गर्नेछन्। राजू बिष्टले २०१९ मा भाजपाको टिकटमा दार्जीलिङ लोकसभा सीट जितेका थिए। यस पाली पनि भाजपाले उनलाई नै उम्मेदवार बनाएको छ। राजनाथ सिंह पहिलो पल्ट चुनावी यात्रामा पश्चिम बंगाल पुगिरहेका छन्।
दार्जीलिङपछि राजनाथ सिंहको मालदा उत्तर सीटमा जनसभा हुनेछ। खगेन मुर्मूले त्यहाँ पछिल्लो लोकसभा चुनाउ जितेका थिए। भाजपाले यस पाली पनि उनलाई नै उम्मेदवार बनाएको छ। मुर्शिदाबादमा पनि राजनाथको जनसभा छ।
गत साल त्यहाँ भाजपा उम्मेदवार हुमायू कबीर तृणमूल उम्मेदवार अबू ताहेर खानद्वारा पराजित भएका थिए। यस पाली भाजपाले अबु ताहेर विरूद्ध गौरी शंकर घोषलाई उम्मेदवार बनाएको छ। माकपा उम्मेदवार पार्टीका राज्य सचिव मोहम्मद सलीम हुन्।









