जलपाईगुडी: जलपाईगुडीको मौलानी बजारमा शुक्रबार मध्यरातमा भीषण आगलागी भएको छ। शुक्रबार राति करिब १२ बजे जलपाईगुडी मौलानी बजारमा रहेको एउटा दाेकानबाट आगो निस्केको स्थानीयले देखे। आगो नियन्त्रणमा लिने पहिलो प्रयास गरिए पनि तर आगलागी बढ्दै गएपछि मैनागुडी दमकललाई जानकारी दिइएको थियो। सूचना पाएलगत्तै मैनागुडी दमकलको गाडी घटनास्थलमा पुगेको थियो। पुलिस पनि घटनास्थल पुग्यो।

दमकल पुग्नुअघि नै बजारका दुई–तीन दाेकान पूर्णरुपमा जलेको थियो। धेरै क्षति भएको बताइएको छ। तर, आगलागीको ठोस कारण भने खुल्न सकेको छैन।