जलपाईगुडी: उत्तर बङ्गाल विश्वविद्यालयको दोस्रो क्याम्पसको स्ट्रङ्ग रुममा राखिएको ईभीएम मेसिनमा जलपाईगुडी लोकसभा निर्वाचन क्षेत्रका तीन उम्मेदवारको भाग्य बन्द भएको छ। स्ट्रङ्ग रुम वरिपरि कडा सुरक्षा व्यवस्था गरिएको छ। स्ट्रङ्ग रुमको सुरक्षाका लागि ठूलो संख्यामा केन्द्रीय फौज तैनाथ गरिएको छ। शनिबार राजनीतिक दलका उम्मेदवारहरुले स्ट्रङ्ग रुमको निरीक्षण गरी सुरक्षा व्यवस्थाको बारेमा जानकारी लिएका थिए। सो अवसरमा जिल्ला प्रशासन कार्यालयका पदाधिकारीलगायत सबैको उपस्थिति रहेको थियो।










