मतदान सकेपछि कुटपिट गरेको आरोप  

IMG-20240420-WA0123

जलपाईगढी: मतदान समाप्त हुने बित्तिकै भाजपा कार्यकर्तालाई कुटपिट गरेको आरोप लगाइएको छl यो आरोप तृणमूल कांग्रेसमाथि लगाइएको छl तृणमूल कांग्रेसले यस आरोपलाई अस्वीकार गरेको छ। जलपाईगढी जिल्लाको धुपगढीको बरघरिया ग्राम पञ्चायत क्षेत्रमा भाजपा कार्यकर्तालाई कुटपिट गरेको आरोप लागेको छ। तृणमूल पञ्चायत सदस्य र अन्यले एकैसाथ एसी१५/१६८ बुथमा भाजपाको पोलिङ एजेन्टको रूपमा रहेको भाजपा कार्यकर्तालाई मतदान केन्द्रबाट बाहिर निस्केपछि कुटेको आरोप छ। घाइतेहरुलाई उद्धार गरी धुपगढी अस्पताल लगिएको छ। तृणमूल कांग्रेसले घटनामा आफ्नो संलग्नता रहेको खण्डन गर्दै अस्वीकार गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement