नेपाली युवाले मोबाइलबाट  फिचर फिल्म बनाए

IMG-20240419-WA0009

झापा, (नेपाल): नेपाली युवाहरुको एक समूहले मोबाइलबाटै खिचेर फिचर फिल्म तयार पारेका छन्। वन स्क्वाड फिल्मसले निर्माण गरेको ’अ प्लेस अन्डर द सन’ नामक फिल्म आईफोन १४ प्रो म्याक्सबाट खिचिएको हो। यो फिल्म छायांकन गर्न फोनमा अतिरिक्त लेन्स प्रयोग गरिए पनि अन्य कुनै क्यामेरा भने प्रयोग गरिएको छैन। आईफोनबाटै फिल्म खिचिएको नेपालमा पहिलो पटक रहेको फिल्मको टिमले बताएको छ। १ घण्टा ४५ मिनट लामो फिल्मका निर्देशक जेसन लोप्चन हुन्। फिल्ममा मीन घलान, मीरा गुरुङ, अंशु शर्मा, विप्लब गौली, प्रजन पौडेल, रिदेन श्रेष्ठ र प्रवेश एम्सीको अभिनय रहेको छ। टिमका अनुसार अमेजन प्राइम भिडियो, एप्पल टीभी, पिकक आदि ओटीटीमा फिल्म रिलिज हुने तय भइसकेको छ। क्राइम ड्रामा जनरामा निर्माण भएको यस फिल्मको ट्रेलर आउदो जेष्ठमा रिलिज हुने सो फिल्मका कलाकार प्रजन पौडेल द रिपब्लिक इण्डियनलाई जानकारी गराए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *