जल संकटको समाधान गर्न आरसीबी-को सराहनीय पहल

IMG-20240420-WA0107.jpg

बेंगलुरु: रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी)-ले गत केही महिनाहरूमा बेंगलुरुमा जल संकटको सामाधान गर्न आफ्नो प्रयासहरूद्वारा सराहनीय योगदान दिएको छ अनि आईपीएलको यस फ्रेञ्चाइजीले गो ग्रीन परियोजनाअन्तर्गत तीनवटा झीलको कायाकल्प बद्लिएको छ। इण्डिया केयर्स फाउण्डेशनको रिपोर्ट अनुसार, आरसीबी-ले कन्नूर झीलमा नागरिक सुविधाहरू जोड़्नको साथै इत्तगलपुरा झील र सादेनहल्ली झीलको जीर्णोद्वार कार्य पूरा गरेको छ। आरसीबी-ले गत अक्टोबरमा आफ्नो प्रतिबद्धताहरूका हिस्साको रूपमा झील सुधार कार्य परियोजना शुरु गरेको थियो, जसमा उक्त क्षेत्रहरूमा जल स्रोतहरूलाई विकसित गर्नमा ध्यान केन्द्रित गरिएको थियो कारण त्यहाँ कावेरी नदीको पानी पुग्न सक्दैन अनि मानिसहरू सम्पूर्ण रूपले भूजल र सतही जलमा निर्भर छन्। रिपोर्ट अनुसार, इत्तगलपुरा झील र सादेनहल्ली झीलबाट १.२० लाख टसभन्दा अधिक हिलो र बलुवा हटाइयो। माटोको प्रयोग झीलहरू वरिपरि बाटो बनाउनमा गरियो अनि ५२ जना किसानले त्यसलाई आफ्नो खेतमा पनि प्रयोग गरे। यसले गर्दा यी झीलहरूका जल धारण क्षमता १७ एकड़सम्म बढ़्यो। कन्नूर झील वरिपरि जैव विविधतामा सुधारको उद्देश्यले औषधीय उद्भिदहरू (मेडिसिनल प्लाण्ट)-को पार्क, बाँसको पार्क र पुतली (बटरफ्लाई)-को पार्क बनाइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *