टीमले १५-२० रन कम्ती बनाएको स्वीकार गरे कप्तान रुतुराजले

IMG-20240420-WA0101.jpg

लखनऊ: आईपीएल २०२४-को ३४औं म्याचमा चेन्नई सुपर किंग्सले लखनऊ सुपर जाइण्ट्स विरुद्ध ८ विकेटले हारको सामना गर्नु पऱ्यो। चेन्नई सुपर किंग्स (सीएसके)-ले पहिला ब्याटिंग गर्दै १७६ रन बनाएको थियो। त्यसपछि दुईजना ओपनर क्विण्टन डी कक र कप्तान केएल राहुलको अर्द्धशतकीय ईनिंग्सको सहायताले लखनऊ सुपर जाइण्ट्स (एलएसजी)-ले सजिलै म्याच जित्यो। आईपीएलको जारी सीजनमा विपक्षी टीमको ओपनिंग पार्टनरशीपलाई चाँड़ै तोड़्न नसक्नु सीएसके-को निम्ति ठूलो कमजोरी बनेको छ। आँकड़ालाई हेर्दा चेन्नई विरुद्ध ७ वटा म्याचमा विपक्षी टीमहरूले पहिलो विकेटको निम्ति ५७-को औसतले रन बनाएको छ। सीएसके-ले केवल कलकत्ता नाइट राइडर्स विरुद्ध पहिलो बलमा ओपनिंग पार्टनरशीपलाई तोड़ेको थियो। यसबाहेक आरसीबी-ले ४१, गुजरात टाइटन्सले २८, दिल्ली क्यापिटल्सले ९३, सनराइजर्स हैदराबादले ४६, मुम्बई इण्डियन्सले ७० अनि यसपाली एलएसजी-ले ओपनिंग विकेटको निम्ति १३४ रन जोड़्यो।
म्याचपछि सीएसके-का कप्तान रुतुराज गायकवाड़ले भने, हाम्रा ब्याटरहरूले असल प्रदर्शन गरे। विशेषगरी हामी जुन स्थितिमा थियौ, त्यसलाई बिचार्दा यसभन्दा धेर केही भन्न सकिँदैन। पावरप्ले पछि हामीलाई जुन शुरुवात प्राप्त भएको थियो, त्यसको हामीले फाइदा उठाउन सकेनौ। त्यसै पनि हामीले नियमित अन्तरालमा विकेट गुमायौ। हामीले १५-२० रन कम्ती बनायौ। विशेषगरी इम्प्याक्ट सब-को नियमपछि तपाईंले १५-२० रन अधिक बनाउनु जरूरी छ। यस प्रकारका पीच शुरुवातमा धीमा रहन्छ तर शीत परेपछि ब्याटिंगको निम्ति राम्रो हुन्छ। यस बीचमा १९०-को स्कोर असल रहने थियो। यसको साथमा रुतुराजले उनको टीम पावरप्ले-मा विकेट लिन असफल रहेको पनि स्वीकार गरे। उनले भने, हामीले पावरप्ले-मा विकेट लिन प्रदर्शनमा सुधार गर्नु पर्नेछ। यस्तो गरे मात्र विपक्षी टीममाथि शुरुवातमा दबाउ सृष्टि गर्न सकिनेछ। हामीले अझ मेहनत गर्नु पर्नेछ। यसबाहेक आज लखनऊले असल प्रदर्शन गऱ्यो। अब हामीसँग तीनवटा होम म्याच रहेको छ अनि हामी असल होमवर्क गरेर ओर्लिनेछौ।
म्याचको कुरा गर्दा इकाना स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै सीएसके-ले २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनायो। खराब शुरुवातपछि रविन्द्र जडेजाले ४० बलमा अविजित ५७ रन बनाएर चेन्नईको ईनिंग्सलाई सम्हाले। उनले ५ वटा चौका र एउटा छक्का लगाए।

अन्तिम ओभरहरूमा मोईन अली (२० बलमा ३० रन) र एमएस धोनी (९ बलमा २८ रन)-ले तेजीको साथ रन बनाएर टीमलाई सम्मानजनक स्कोरसम्म पुऱ्याए। मोईनले तीनवटा छक्का लगाए। यसरी धोनीले ३ वटा चौका र २ वटा छक्का लगाए। लखनऊका बलरहरूमा क्रुणाल पाण्ड्याले सर्वाधिक २ विकेट लिए। त्यसपछि एलएसजी-ले एक ओभर बाँकी रहँदै २ विकेटमा १८० रन बनाएर म्याच जित्यो। कप्तान राहुलले ९ वटा चौका र ३ वटा छक्काको साथ ५३ बलमा सर्वाधिक ८२ रन बनाए। यसबाहेक डी ककले ५ वटा चौका र एउटा छक्काको साथ ४३ बलमा ५४ रन बनाए। राहुल र डी ककले पहिलो विकेटको निम्ति ९० बलमा १३४ रनको पार्टनरशीप गरी चेन्नईको मनोबललाई माटोमा मिलाए। जीतको निम्ति रहलपहल काम निकोलस पूरन (अविजित २४) र मार्कस स्टोइनिस (अविजित ८)-ले मिलेर पूरा गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *