ओलम्पिक क्वालीफायरमा भारतीय फ्रीस्टाइल पहलवानहरूका निराशाजनक प्रदर्शन

IMG-20240420-WA0083.jpg

बिश्केक: अमन सहरावत एशियन ओलम्पिक क्वालीफायरमा शुक्रवार आफ्नो सेमिफाइनलमा हारको साथ पेरिस ओलम्पिक खेलहरूका निम्ति कोटा हासिल गर्नदेखि चुके जबकि दीपक पूनिया र सुजीत कलकलले ओजन गर्नको निम्ति समयमा नपुग्दा टुर्नामेण्टमा हिस्सा लिने मौका पाएनन्। अमनले ५७ किग्रा वर्गमा असल शुरुवात गर्दै दुईजना प्रतिद्वन्द्वी येरासिल मुख्तारुली र सुंगवान किमलाई तक्निकी श्रेष्ठताले पराजित गरे। त्यसपछि उज्बेकिस्तानका गुलोमजोन अब्दुल्लेव विरुद्ध चाहिँ उनले फर्मलाई जारी राख्न सकेनन् अनि १० पोइण्ट्सले पछाड़िएर पराजित भए। भारतीय कुश्ती जगतलाई अमनबाट निक्कै आशा रहेको थियो कारण उनले आफ्नो आयु वर्गमा मजबूत मानिने रवि दाहियालाई पराजित गरी देशको प्रतिनिधित्व गर्ने मौका पाएका थिए।
अमन बाहेक जयदीपले पनि ७४ किग्रा वर्गमा असल शुरुवात गर्दै तुर्कमेनिस्तानका अल अर्सलान बेगेनजोवलाई पराजित गरे। क्वार्टर फाइनमा चाहिँ उनले किर्गिस्तानका ओरोजोबेक तोक्तोमाम्बेतोवबाद विरुद्ध २-२-को बराबरीपछि हारको सामना गर्नु पऱ्यो। सुमित मलिक (१२५ किग्रा)-ले पहिलो राउण्डमा किर्गिस्तानका लखागवागेरेल मुनख्तूर विरुद्ध तक्निकी श्रेष्ठताको आधारमा हारको सामना गर्नु पऱ्यो। दीपक (९७ किग्रा)-लाई पनि क्वालीफिकेशन राउण्डमा अराश योशिदाले तक्निकी श्रेष्ठताले पराजित गरे। दीपक र सुजीत कलकलले एशियन ओलम्पिक क्वालीफायर्समा सामेल हुने अनुमति पाएनन्। यी दुईजना पहलवान मंगलवार एयरपोर्टमा फसेका थिए अनि शुक्रवार बिश्केक पुगेका थिए। यी दुईजना पहलवान पुग्दासम्म अन्य पहलवानहरूका ओजनको जाँच शुरु भइसकेको थियो। त्यसपछि आयोजकहरूले सुजीत र दीपकलाई अंशग्रहण गर्ने अनुमति दिएनन्। भारतीय प्रशिक्षकहरूले बारम्बार आग्रह गर्दा पनि आयोजकहरू आफ्नो फसेलामा अडिग रहे। महिलाहरूकी स्पर्धामा शनिवार सबैको नजर विनेश फोगाट (५० किग्रा)-मा रहनेछ। एशियन ओलम्पिक क्वालीफायर्सपछि पहलवानहरूलाई मईमा तुर्कीमा हुने वर्ल्ड ओलम्पिक क्वालीफायरको माध्यमले अझ एउटा मौका प्राप्त हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *