नयाँ दिल्ली: गूगलले हालै आफ्नो प्ल्याटफर्ममा सबै कल रेकर्डिंग एप्सहरू बन्द गरेको छ। फोनमा गूगल डायलर छ भने पनि तपाईंलाई कल रेकर्डिंगको अप्शन प्राप्त हुनेछैन। यसबीच केही अन्य तरिकाहरूद्वारा पनि कसैले तपाईंको कल रेकर्ड गर्न सक्छन्। तपाईंलाई सन्देह भए केही उपायहरूद्वारा पत्तो लगाउन सक्नु हुन्छ। कसैले तपाईंको जानकारी बिना कल रेकर्ड गरिरहेका छन् भने केही संकेतको माध्यमले तुरन्त जानकारी प्राप्त हुनेछ। धेरैले यस्ता संकेतहरूमा ध्यान दिँदैनन्। कल रेकर्ड भइरहेको छ कि छैन भन्ने पत्तो लगाउने तरिकाहरूः
बारम्बार बीप(Beep) को आवाज आउनु
धेरै देशहरूमा कसैको कल रेकर्ड गर्नु अवैध रहेको छ अनि यही कारण धेरै मोबाइल फोन निर्माताहरूले फोनमा बीप-को साउण्ड जोड़िदिन्छन्। यसले गर्दा कसैले फोन रेकर्ड गरे बारम्बार बीप-को साउण्ड आउँछ।
-कसैसँग फोनमा कुरा गर्दा बारम्बार यो आवाज आए कल रेकर्ड भइरहेको छ भनी बुझ्नु पर्छ। सबै फोनमा चाहिँ यो फीचरले काम गर्दैन।
तेज बीप(Beep) साउण्ड पनि एउटा सिग्नल हो
केही मामिलामा यूजर्सलाई सिंगल बीप साउण्ड सुनिन्छ। यस्तो थोरै क्षेत्रमा मात्र हुन्छ। कसैले कल रेकर्ड गर्न शुरु गरे दोस्रो यूजरलाई सिंगल बीप-को आवाज सुनिन्छ। यो साउण्ड कल रेकर्डिंग एक्टिभ भएको संकेत हो।
यो फीचर अधिकांश फोनमै रहने गर्छ। गूगलले हालै आफ्नो प्ल्याटफर्ममा सबै कल रेकर्डिंग एप्सहरू बन्द गरेको छ। ट्रू कलरले पनि कल रेकर्डिंहको फीचर हटाएको छ।