‘क्याप’ प्रवक्ता र मुख्यमन्त्री उम्मेद्वार गणेश राईमाथि हातपातको आरोप

IMG-20240419-WA0258.jpg

गान्तोक: मल्ली गुम्बा नजिक कुबिन्डेमा एसकेएम पार्टीका समर्थकहरुले सिटिजन एक्सन पार्टी-सिक्किमका मुख्यमन्त्री उम्मेद्वार गणेश राई मतदान भइरहेको स्थानमा जाने क्रममा झगडा तथा राईलाई अपशब्द प्रयोग गर्दै माहोल अशान्त पार्ने कोशिश गरेको घटनामाथि पार्टीले घोर भत्सर्ना गरेको छ। पार्टीकी प्रवक्ता विना शर्मालाई हातपात गर्दै उनको हातमा भएको मोबाइल खोसेर फुटाइदिएको आरोप छ। श्रीमती शर्मालाई ठेलेर हुत्याउँदै एक नारीको छेउमा बोल्न र सुन्नै नसक्ने भाषामा अपशब्द गाली गरेको पार्टीले प्रेस बयानमा उल्लेख गरेको छ। चुनावको दिन एकाबिहानै आफ्नो हार स्वीकार गरेको एसकेएम उम्मेद्वारले यसरी आफ्ना समर्थकलाई हिंसामा उतार्नु सिटिजन एक्सन पार्टीले लोकतन्त्रको हनन ठान्दछ भनी जनाएको छ। एक महिला कार्यकर्तामाथि र मल्ली गाउँकै एक प्रतिभाशाली सिक्किमे छोरो गणेश राईमाथि भएको यस घृणित कार्यले आज सिक्किम शर्मसार भएको भनाइ छ। सिटिजन एक्सन पार्टी-सिक्किमले उक्त घटनालाई दुर्भाग्यपूर्ण ठान्दै कड़ा शव्दमा निन्दा गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement