दिनहाटाको भेटागुडीमा मन्त्री उदयन गुहालाई घेराएर विरोध प्रदर्शन गरे

IMG-20240419-WA0190.jpg

दिनहाटा: दिनहाटाको भेटागुडी उत्तरपारामा उत्तर बङ्गालका विकासमन्त्री उदयन गुहालाई घेराएर विरोध प्रदर्शन गरेका छन्। पुलिसले उक्त क्षेत्रका भाजपा पञ्चायत सदस्यलाई पक्राउ गरेको बताइएको छ। जसका कारण स्थानीय बासिन्दा आक्रोशित भएका छन्। मन्त्री उदयन गुहा उक्त क्षेत्रमा गएपछि गाउँका महिलाहरुले घेरा हालेर विरोध गरेका थिए। घटनालाई लिएर तनावको वातावरण देखिएको छ। घटनास्थलमा ठूलो संख्यामा पुलिस परिचालन गरिएको छ।मतदान शान्तिपूर्ण रुपमा भइरहेको गाउँलेको आरोप छ। उदयन गुहाले क्षेत्रमा अशान्ति फैलाइरहेका छन्। उनको उक्साहटमा पुलिसले भाजपा पञ्चायत सदस्यलाई पक्राउ गरेको हो। तर, मन्त्री उदयन गुहाले भाजपाका पञ्चायत सदस्य लामो समयदेखि पुलिसको खोजीमा रहेको दाबी गरे।

आज उनलाई पुलिसले पक्राउ गरेपछि स्थानीयले विरोध प्रदर्शन गरिरहेका छन्। यो बीजेपीले बनाएको नाटक हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement