लोकसभा चुनाव: २१ राज्यका १०२ सिटमा ६३ प्रतिशत मतदान

EVM-1-6

नयाँ दिल्ली: लोकसभाको पहिलो चरणमा २१ राज्य र केन्द्र शासित प्रदेशका १०२ सिटमा मतदान सम्पन्न भएको छ। बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म भएको मतदानमा ६३ प्रतिशतले मतदान गरेका छन्। त्रिपुरामा सबैभन्दा बढी ८० प्रतिशत मतदान भएको छ भने बिहारमा सबैभन्दा कम ४८ प्रतिशत मतदान भएको छ। अन्तिम मत प्रतिशत भने आउन सकेको छैन। यो सिटको हिसाबले सबैभन्दा ठूलो चरण हो। दुई राज्य पश्चिम बंगाल र मणिपुरमा मतदानका क्रममा हिंसा पनि भएको थियो। यसबाहेक अरुणाचल प्रदेश र सिक्किममा पनि विधानसभा चुनावका लागि मतदान भयो। अरुणाचलका ६४ प्रतिशत जनता र सिक्किममा ६८ प्रतिशत जनताले राज्यमा सरकार गठनका लागि मतदान गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *