मिजोरमका मुख्यमन्त्री लालदुहोमाले गरे मतदान

full25334.jpg

आइजोल: मिजोरमका मुख्यमन्त्री लालदुहोमाले आज आइजोलको चौल्हमुन गभर्नमेन्ट कम्प्रिहेन्सिभ मिडिल स्कूल मतदान केन्द्रमा मतदान गरेर आफ्नो लोकतान्त्रिक अधिकारको प्रयोग गरे।

मिजोरममा भइरहेको लोकसभा चुनाउमा ठूलो संख्यामा मतदाताहरूले मतदान गरिरहेका छन्। अपरान्ह एक बजेसम्ममा राज्यभरिमा मोठ ४३.३५ प्रतिशत मतदान भयो। आइजोलमा ३८.०९ प्रतिशत, लुंगलेईमा ४५.८६ प्रतिसत, सियाहामा ४३.८० प्रतिशत, चम्फाईमा ४५.६७ प्रतिशत, कोलासिबमा ४४.०८ प्रतिशत, सेरचिपमा ४५.२४ प्रतिशत, लन्गत्लाईमा ५१.६७ प्रतिशत, ममितमा ४५.६४ प्रतिशत, ख़्वाजलमा ४७.९० प्रतिशत, हनथियालमा ४३.७३ प्रतिशत तथा सीटुअल जिल्लामा ४२.५२ प्रतिशत मतदान भयो।

लन्गत्लाईमा सबैभन्दा अधिक ५१.६७ प्रतिशत मतदान दर्ता गरियो भने आइजोलमा सबैभन्दा कम ३८.०९ प्रतिशत मतदान भयो। मिजोरमका मतदान केन्द्रहरूमा बिहानदेखिकै लामो-लामो पंक्तिमा मानिसहरू मतदानको लागि बसेको देखियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement