भागोप्रमोको चुनावी सभा साथै प्रशाखा प्रशाखा कमिटी गठन

IMG-20240419-WA0232.jpg

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको घैयाबारी अन्तर्गत कालीमाट्टीमा प्रशाखा कमिटी गठन गर्न सभा सम्पन्न भएको छ। उक्त सभा भागोप्रमो खरसाङ महकुमा समितिको उपाध्यक्ष प्रेम प्रधानको अध्यक्षतामा सम्पन्न भएको छ। सभालाई घैयाबारी बुथ नम्बर २५४ को सचिव शंकु खवासले सञ्चालन गरेका थिए। सभासाई सभासद नवराज छेत्री, भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, प्रवक्ता बिपन विश्वकर्म, युवा शक्ति तीनधारे महानदी समष्टिको सभापति केवल राई, सभाध्यक्ष एंव भागोप्रमो खरसाङ महकुमा समितिको उपाध्यक्ष प्रेम प्रधान आदिले सम्बोधन गरेका थिए। सभामा वक्ताहरूले आगामी लोकसभा चुनावमा भागोप्रमो समर्थित तृणमूल कंग्रेसको प्रार्थी गोपाल लामालाई भारी मतले बिजय बनाउने आह्वान् गरेका थिए। यसै सभामा भागोप्रमो कालीमाट्टी प्रशाखा कमिटी गठन गरिएको छ। त्यसरी नै यही सभामा नै कालीमाट्टीमा नारी शक्तिको प्रशाखा कमिटी पनि गठन गरिएको छ। सभामा पञ्चायत समिति सदस्य वाङ्दी लामा, पञ्चायत सदस्या अरूणा योञ्जन, प्रवक्ता बिपन विश्वकर्म, लगायत अन्यहरू उपस्थित रहेका थिए। यसै सभामा भागोप्रमो घैयाबारी बुथ नम्बर 254 अन्तर्गत कालीमाट्टीमा प्रशाखा कमिटी गठन गरिएको छ। उक्त कमिटीमा सभापति सुरज सुराल, उप सभापति आरबी थापा, सचिव प्रनित राई, सह सचिव राजीव गजमेर, कोषाध्यक्ष कमल दुराल साथै सभामा उपस्थित सबैलाई मुख्य सल्लाहकारहरू र कार्यकारी सदस्यहरू चयन गरिएको छ। यसै सभामा नारी शक्ति कालीमाट्टी प्रशाखा कमिटी पनि गठन गरिएको छ। उक्त नारी शक्तिको प्रशाखा कमिटीमा सभापति ममता प्रधान, उप सभापति मिना प्रधान, सचिव अनिती थापा राई, सह सचिव रश्मी प्रधान, कोषाध्यक्ष सोनिया दुुराल, सल्हाकारमा याङ्की राणा, कमला छेत्री, उर्मिला प्रधान, रोशनी गजमेर, सरला प्रधान आदि चयन गरिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement