रंगबुल धोतरिया रंगबुक समष्टिमा गोरामुमो अध्यक्ष मन घिसिङद्वारा चुनाव प्रचार

IMG-20240419-WA0231.jpg

सोनादा: गोरामुमो अध्यक्ष मन घिसिङद्वारा भाजपा प्रार्थी राजु विष्टलाई भारी मतले जिताउन आफ्नो चुनाव प्रचार अभियानलाई जारी राख्दै शुक्रवार रंगबुल धोतरिया रंगबुक समष्टिमा चुनाव प्रचार गरेको जानकारी प्राप्त भएको छ। समष्टि अध्यक्ष सन्तोष सुब्बाको प्रमुख उपस्थितिमा रंगबुल बजारमा समष्टिद्वारा अध्यक्ष मन घिसिङलाई भब्य स्वागत जनाउँदै अप्पर कलेजभेल्ली, गोर्खा बस्ती, धोतरिया, बालासन, सोनादा नाली चाउर, पचेङ बजार, भुट्टाखेती, रंमबुक अनि मुण्डा चियाबारीमा अध्यक्ष मन घिसिङद्वारा मुद्दा पार लगाउन राजु विष्टलाई भोट दिएर बिजयी बनाउने जनता समक्ष अपिल गरे। समष्टि अध्यक्ष सन्तोष सुब्बाले समष्टिमा अध्यक्ष मन घिसिङको चुनाव प्रचार विषय लिएर जानकारी गराउदै भने, अध्यक्ष मन घिसिङद्वारा समष्टिमा घर दैलो अभियान गरिदिएकोमा अध्यक्ष मन घिसिङप्रति आभारी छौं। यो भुभाग हाम्रो हो र हाम्रै भुभागलाई बंगाल सरकार अनि बंगाल सरकारको एजेन्टहरुले पाँच डेसिमल दिएर हामीलाई शरणार्थी बनाउने षड्यन्त्र गर्दैछ। यसकारण हामी हाम्रो भुभागलाई संवैधानिक सुरक्षा प्रदान गरी न्याय दिलाउनेलाई जिताउनेछौं। जीटीए जस्तो अंसवैधानिक ब्यवस्था दिएर बंगाल सरकारले हामीलाई लाचार बनायो पहाडका कतिपय राजनैतिक दलहरूले जीटीएको सत्तामा रहेर केवल भ्रष्टाचार, भाईभतिजावद गरी इतिहास कायम गरेका छन्। दार्जीलिङ पहाड जस्तो पवित्र स्थानलाई सीबीआई जाँच गराउने बाध्य बनायो। यस्तो खाल्को क्षेत्रीय दलहरू त मासिएकै राम्रो हो। प्रधानमन्त्री नरेन्द्र मोदीले गोर्खाहरुको समस्याको समाधान तर्फ रहेको जनाए पछि यो कुरा कुनै खेलाईची होइन। भारतको प्रधानमन्त्रीले भने पछि हामीलाई न्याय दिन्छ भनेर बिश्वस्त छौं। राजु बिष्टलाई जिताउनु भनेको मुद्दा पार लगाउनु हो राजु विष्ट भनेको हाम्रो माध्यम हो। हामीले चाहेको भनेको संवैधानिक राजनैतिक समाधान हो जसमा पहाडवासी सुरक्षित अनि खुशी साथ बाँच्न सकोस् । गोरामुमोले झोडानालाको राजनीति गर्दैन जाति र माटोको उन्मुक्तिको निम्ति निरन्तर कार्य गरिरहेको छ। अध्यक्ष मन घिसिङले दिल्लीमा मुद्दा फत्ते गराउन भारत सरकार संग सहकार्य गरेर सम्पुर्ण गोर्खा जातिको निम्ति कार्य गरिरहेका छन्। अब हाम्रो आङमा न्यानो घाम चाडैं लाग्नेछ यसकारण अब समस्त पहाड अनि तराईवासीले राजु विष्टलाई भारी मतले जिताएर दिल्ली पठाउनु पर्छ भनी सन्तोष सुब्बाले अपिल समेत गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement