सिक्किममा शान्तिपूर्वक सम्पन्न भयो लोकसभा र विधानसभा चुनाउ

IMG-20240419-WA0256.jpg

बेलुकी ५:३० बजीसम्म लोकसभामा ६८.०६ अनि विधानसभामा ६७.९५ प्रतिशत मतदान

गान्तोक: देशको १८औं लोकसभा चुनाउ सँगै ११औं राज्य विधानसभा चुनाउ आज सिक्किम राज्यमा शान्तिपूर्वक सम्पन्न भयो। केही स्थानहरूमा राजनीतिक पार्टीहरू माझ सामान्य मौखिक झगड़ा बाहेक कुनै प्रकारको अप्रिय घट्ना अहिलेसम्म प्रकाशमा आएन।

आज बिहानदेखि नै राज्यका जम्मा ५७३ मतदान केन्द्रहरूमा मतदाताहरूको उत्साहजनक उपस्थिति देखिएको थियो। पहिलोपल्टका मतदाताहरूदेखि लिएर १०१ वर्षका वृद्धसमेतले मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकारको प्रयोग गरे। तर, उल्लेखनीय कुरा के छ भने पछिल्लो चुनाउको तुलनामा यसपल्टको चुनाउमा मतदानको प्रतिशतमा ह्रास आएको छ। भारतको निर्वाचन आयोगद्वारा जारी आधिकारिक रिपोर्टअनुसार आज साँझ ५:३० बजीसम्म विधानसभा चुनाउमा केवल ६७.९५ प्रतिशत मतदान भएको थियो। अर्कोतिर लोकसभा चुनाउमा भने विधानसभा चुनाउमा भन्दा केही बेसी ६८.०६ प्रतिशत मतदान भएको थियो। केही मतदान केन्द्रहरूबाट भने अझै अन्तिम रिपोर्ट आउन बाँकी नै थियो। त्यसैले अन्तिम रिपोर्टमा यस तथ्याङ्कमा सामान्य वृद्धि देखिन सक्नेछ।

राज्यमा गत २०१९को विधानसभा चुनाउमा जम्मा ७८.६३ प्रतिशत मतदान भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement