एसकेएम पार्टीले दोस्रोपल्ट सरकार बनाउने कुरामा विश्वस्त छु: मुख्यमन्त्री तामाङ

n6015213521713532593120bb9eab2721d8f2d04006c344a9bf0d4c2d517e9e166134e5532ae1cf68b6235d.jpg

गान्तोक: सिक्किमका मुख्यमन्त्री तथा एसकेएम पार्टी अध्यक्ष प्रेमसिंह तामाङले सोरेङ च्याखुङ निर्वाचन क्षेत्र अन्तर्गत सिङ्गलिङ यात्री निवास मतदान केन्द्रमा आफ्नो मतदान गरेका छन्। उनले यसपाली पनि एसकेएम पार्टीले सरकार बनाउने दाबी गरेका छन्।

सिक्किममा ११औं विधानसभा र १८औं लोकसभा चुनाउको निम्ति बिहान सात बजीदेखि मतदान शुरू भएको छ। मुख्यमन्त्री तामाङले शुक्रवार बिहान सिङ्गलिङ यात्री निवास मतदान केन्द्रमा आफ्नो मताधिकार प्रयोग गरे। मतदान गरेर बाहिर निक्लिएपछि पत्रकारहरूसित कुराकानी गर्दै एसकेएम पार्टीले दोस्रोपल्ट सरकार बनाउने कुरामा आफु विश्वस्त रहेको दाबी गरे।

पत्रकारहरूले सोधेका प्रश्नहरूको जवाफमा उनले सोरेङ च्याखुङ निर्वाचन क्षेत्रमा पहिलोपल्ट आफु स्वयंलाई भोट गरिरहेको जानकारी गराए। उनले राज्यमा शान्तिपूर्वक मतदान चलिरहेको बताउॅंदै यसपल्ट अहिलेसम्मकै सबैभन्दा शान्तिपूर्ण चुनाउ भएको बताए। उनले सरकार सफलतापूर्वक चुनाउ गर्न सफल बनेको छ भन्दै यसका लागि प्रशासनलाई बधाई पनि दिए।

उल्लेखनीय छ, मुख्यमन्त्री प्रेमसिंह तामाङ दुईवटा निर्वाचन क्षेत्र, सोरेङ-च्याखुङ र रिनाकबाट चुनाउ लडिरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement