इम्फाल: मुख्यमन्त्री एन बीरेन सिंहले इनर मणिपुर लोकसभा क्षेत्रको हिंगांग विधानसभा क्षेत्रमा पुगेर आफ्नो मतदान गरे। मणिपुरमा छुटपुट घटनाहरू बाहेक प्रायः शान्तिपूर्ण ढंगमा मतदान भएको समाचार छ।कुकी संगठनको चुनाउ बहिष्कारको प्रभाव पनि मतदानमा देखियो।
मुख्यमन्त्री एन बीरेन सिंहले शुक्रवार मतदान गरेपछि सोशल मीडियाको माध्यमबाट भने, यो चुनाउले देशलाई एक उज्जवल भविष्य दिनेछ। शुक्रवार बिहान ७ बजेदेखि शउरू भएको मतदानमा ठूलो संख्यामा मानिसहरूले भाग लिए। कुकी मतदाताहरूलाई कुनै पनि केन्द्रमा मतदान गरेको देखिएन। नागाल्याण्डको मोन जिल्लाका कुकी सम्प्रदायका मानिसहरूले पनि भोट बहिष्कार गरेका छन्।