डबग्राम–फुलबारी विधानसभामा तनाव, स्थिति नियन्त्रणमा  

IMG-20240419-WA0185

सिलगढी: डबग्राम-फुलबारी विधानसभामा फेरि तनाव देखिएको छ। तिलेश्वरी हाई स्कूलमा मदनतानका क्रममा तनाव देखिएको बताइएको छ। जब विधायक शिखा च्याटर्जी आज मतदान केन्द्रमा पुगिन्। उनलाई देख्ने बित्तिकै भाजपाका कार्यकर्ता र समर्थकहरूले गुनासो गर्न थाले। स्थानीय पार्षद मुन्ना प्रसाद र उनका समर्थकले बुथभित्र पसेर मतदातालाई प्रभावित पारेको भन्दै पुलिसलाई खबर गरे पनि कुनै कारबाही नगरेको आरोप छ। त्यसपछि भाजपा कार्यकर्ता र समर्थकहरूले विरोध प्रदर्शन गर्न थाले। स्थिति नियन्त्रणमा लिन भारी पुलिस र केन्द्रीय बल परिचालन गरिएको थियो। पुलिस प्रदर्शनरीहरूलाई हटाएर स्थिति नियन्त्रणमा लियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement