काेलकाता: कलकत्ता हाई कोर्टको खण्डपीठले उत्तर बंगालका पहाड़ी क्षेत्रहरूमा जीटीए शिक्षकहरूको नियुक्तिमा ”भ्रष्टाचार” मामिलाको सीबीआई जाँचलाई कायम राखेको छ।
मामिलाको सुनवाई न्यायमूर्ति हरीश टण्डन र न्यायमूर्ति मधुरेश प्रसादको खण्डपीठमा बिहीवार भयो। सुनवाईको अन्तमा फसेलालाई स्थगित गरिएको थियो। शुक्रवार बिहान खण्डपीठले एकल पीठको आदेशलाई कायम राख्यो।
उच्च न्यायालयका न्यायमूर्ति बिश्वजित बोसको एकल पीठले जीटीए अन्तर्गतका क्षेत्रहरूमा शिक्षकहरूको भर्तीमा ”भ्रष्टाचार”- का धेरैवटा आरोपहरूको सीबीआई जाँच गर्ने आदेश दिएको थियो। केन्द्रिय एजेन्सीलाई यस सम्बन्धमा आगामी २५ अप्रेलको दिन अदालतमा रिपोर्ट सुम्पिने आदेश दिइएको थियो। राज्यले आदेशलाई चुनौती दिँदै खण्डपीठ नै परिवर्तन गरेको थियो। अब यहाँबाट पनि राज्य सरकारलाई झट्का लागेको छ।









