भाजपा विधायक शिखालाई रोकेपछि विवाद

IMG-20240419-WA0164

सिलगढी: पहिलो चरणको मतदानका कारण उत्तर बंगालका धेरै जिल्लामा तनाव भएको समाचार छ। कोचबिहारमा बिहानैदेखि तनाव रहेको समाचर छ। जिल्लाका केही स्थानबाट ताजा बम बरामद भएको छ। यस मामिलामा जलपाईगढी पनि पछाडि परेको छैन। डबग्राम–फुलबारीबाट लगातार अशान्तिका भएको समाचार आइरहेका छन्। पुलिसले भाजपा विधायक शिखा च्याटर्जीलाई महमण्डा गर्ल्स स्कूलको मतदान केन्द्र अगाडि रोकेको आरोप छ। उनको गाडी रोकेको पनि आरोप छ। पुलिस र भाजपा कार्यकर्ताबीच भनावैरी भएको थियो। स्रोतका पुलिसले उनीहरुलाई बुथको दुई सय मिटर भित्र जान रोकेको थियो। पुलिसले रोकेपछि शिखा आफ्ना समर्थकसहित त्यहीँ धरणामा बसिन्। पुलिसले पक्राउ गर्न गएको र पुलिस चौकी लैजान खोज्दा मामिला चर्कियो। जसका कारण डबग्राम-फुलबारीकी भाजपा विधायक शिखा च्याटर्जीलाई सिलगढीको वार्ड ३३ मा जाँदा पुलिसले रोकेको थियो। त्यहाँबाट शिखा च्याटर्जी बाहिर आएर पुलिसप्रति आक्रोश पोखिन्। उनले आफूलाई पुरुष पुलिसले तानेको आरोप लगाएकी छिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement