पहाड़का राजनैतिक दलहरूले मुद्दा राजु विष्टलाई बुझाएका छन् तर म गोर्खाको मुद्दाको लागि अघि आएको छु: बीपी बजगाई

IMG-20240419-WA0182.jpg

खरसाङ: खरसाङ क्षेत्रका जनताको भोटले म बिजय भएर पश्चिम बंगालको राज्य विधान सभामा चारपल्टसम्म गोर्खाल्याण्डको आवाज उठाए र त्यो आवाज मेरो होइन जनताको आवाज हो, म त माध्यम मात्र हो भनी दार्जीलिङ संसदीय सिटको लागि निर्दलीय प्रार्थीको रूपमा खड़ा भएका बीपी बजगाईले आज खरसाङमा बताएका छन्। उनी आज आफ्नो चुनाव प्रचार गर्दै तीनधारे, महानदी हुँदै खरसाङ आईपुगेका थिए। खरसाङको गोर्खा जनपुस्ताकालय भवनमा पत्रकार सम्मेलन गरेर पत्रकारहरूलाई सम्बोधन गर्दै आफुलाई धेरै अफरहरू आएको भए पनि कुनै लालजमा नपरी मुद्दालाई लिएर अघि बढिरहेको बताए। उनले कुर्सीमा बसेपछि मानिसहरू मुद्दालाई छोड्छ। तर आफु लगातार रूपमा मुद्दालाई लिएर हिँडिरहेको अनि मुद्दाको कारणले आफ्नै पार्टीबाट दरकिनार भएको बताएका छन्। बजगाईले आफुलाई दिइएको सुरक्षा पनि हटाइएको र यसको कारण एउटै अपराध हो अलग राज्यको मांग भनी बताउँदै अलग राज्य हाम्रो सपना हो र त्यही सपना बोकेर आफु हिँडेको बताएका छन्। बिपी बजगाईले पत्रकारहरूलाई सम्बोधन गर्दै भने, एकातिर राज्य सरकार छ जसले अलग राज्यको कुरालाई दबाउँछ अनि अर्कोतिर केन्द्रको भाजपा सरकार छ जसले ढाँटेर ढाँटेर जनतालाई दिग्भ्रमित पारेको छ। मैले राज्य विधान सभामा अलग राज्यको मांग गर्दै सुगौलीको सन्धिदेखि विवरण प्रस्तुत गर्दा राज्य सरकारले अखण्ड बंगालको बील प्रस्तुत गरेको थियो जसलाई भाजपाले पनि समर्थन गरेको थियो। त्यसैले हाम्रो लागि तृणमूल कंग्रेस र भाजपा एउटै हो।’
बीपी बजगाईले आफुलाई भोट किन हाल्नु भन्ने विषयमा बोल्दै भने, अलग राज्यको लागि र अलग राज्यको मागंलाई माहोल बनाउन मलाई भोट दिनुहोस्। मुद्दा पार लगाउन संसदमा गएर आवाज उठाउनेछु। अलग राज्यको लागि सांसदहरूलाई लबी गर्दै माहोल तयार पार्ने कार्य गर्नेछु।’
उनले अझ भने, मैले अलग राज्यको मांग उठाउँदा राजु विष्टले दिल्लीमा पोल लगाएको आरोप लगाउँदै पहाड़का राजनैतिक दलहरूले आफ्नो मुद्दा नै राजु विष्टलाई बुझाएको छ। बंगालबाट अलग हुनु हाम्रो मुख्य मुद्दा हो जुन राजु विष्टसित छैन। यसपाली झन भाजपाको घोषणा पत्रमा पनि छैन। भाजपाको मुद्दा हरायो। २०२६ मा गोर्खाको मुद्दाले न्याय पाउनु हो भने मलाई भोट दिनु हवस्।’
उनले नागरिकता संसोधन ऐन ( सीएए) को विरोध गरेको हो। यसले २०१४ अघि बंगालदेश र म्यानमारबाट आएकाहरूलाई नागरिकता दिने भनिएको छ।’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *