सिलगढीको घोगोमाली गर्ल्स हाई स्कूलमा शान्तिपूर्ण रुपमा मतदान

सिलगढी: निर्वाचनमा शान्ति कायम गर्ने सन्देश दिन र मतदानमा चासो बढाउन निर्वाचन आयोगले विभिन्न बुथलाई नमूना थिम बुथका रुपमा पहिचान गरेको छ। सिलगढीको वार्ड नम्बर ३६ मा रहेको घोगोमाली गर्ल्स हाई स्कूललाई नमुना बुथ बनाइएको छ। आज यस विद्यालयको मतदान केन्द्रलाई नमुना मतदान केन्द्रको रुपमा समेत सजाइएको छ। आज बिहानैदेखि मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ। घोगोमाली गर्ल्स हाइस्कुललाई गुलाबी बेलुनले सजाइएको छ। १९/१३, १९/१७, १९/१८ बुथमा तीन भागमा मतदान भएको थियो। बुथहरूमा केन्द्रीय बल पनि तैनाथ गरिएको थियो। यस बुथमा बिहानैदेखि शान्तिपूर्ण रुपमा मतदान भइरहेको स्थानीय वार्ड पार्षद रञ्जन शील शर्माले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement