स्वर्ण पदक प्राप्त गर्ने खेलाडीहरूलाई सम्मान

0d1e2801d-b54f-4984-b662-17e65d92a932

वीरपाडा: वीरपाडा महावीर हिन्दी उच्च माध्यमिक विद्यालय अनि बीरपाडा नेपाली उच्च विद्यालयले स्वर्ण पदक प्राप्त गर्ने खेलाडीहरूलाई सम्मान जनाए| क्रमैले बीरपाडा महावीर हिन्दी उच्च माध्यमिक विद्यालयका छात्र निस खातिक अनि छात्रा कुसुम लोहर अनि बीरपाडा नेपाली उच्च विद्यालयका छात्राद्वय प्रतिमा लामा अनि उदिता भुजेललाई सम्मान जनायो| गत ३० र ३१ जुलाईको दिन कलकत्ताको नेताजी इन्डुर स्टेडियममा अल इण्डिय सिसीकाय शिटो रिउ करॉंते डु फेडरेसनद्वारा आयोजित ६ औँ अन्तर्राष्ट्रिय करॉंते च्याम्पियनसिप प्रतियोगितामा डुवर्स स्पोर्ट्स करॉंतेका खेलाडीहरूले कुल ६ वटा स्वर्ण पदक, रजत पदक तथा अन्य धेरै पदक जितेका थिए| जसमा निस खातिक, कुसुम लोहार, प्रतिमा लामा अनि उदिता भुजेल पनि उक्त दुई उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरू हुन्| डुवर्स स्पोर्ट्स करॉंते एकाडेमीका विभिन्न प्रकारका पदक प्राप्त गर्ने २३ खेलाडीहरू मध्ये यी दुई विद्यालयका निस खातिकले स्वर्ण, कुसुम लोहरले रजत, प्रतिमा लामाले स्वर्ण तथा उदिता भुजेलले रजत पदक प्राप्त गरेका थिए|

ती खेलाडीहरूले अन्तर्राष्ट्रिय करॉंते खेलका पदक हासिल गरेका हुनाले आज बीरपाडा महावीर हिन्दी उच्च माध्यमिक विद्यालयमा उक्त विद्यालयका प्रधानाध्यापक ओमोदकुमार सिंह लगायत सबै शिक्षक- शिक्षिकाहरूले निस खाती अनि कुसुम लोहरलाई सम्मान दिइयो| यसरी नै बीरपाडा नेपाली उच्च विद्यालयमा उक्त विद्यालयका भारप्राप्त शिक्षक अनुपकुमार शर्मा लगायत सम्पूर्ण शिक्षक- शिक्षिकाहरूले प्रतिमा लामा अनि उदिता भुजेललाई सम्मान दिइयो| स्वर्ण पदक विजेता निस खाती बीरपाडा महावीर हिन्दी उच्च माध्यमिक विद्यालयको ९ औं श्रेणीको छात्र हुन् तथा रजत पदक विजेता कुसुम लोहर १२औं श्रेणीको छात्रा हुन्| स्वर्ण पदक विजेता प्रतिमा लामा बीरपाडा नेपाली उच्च माध्यमिक विद्यालयकी ८औं श्रेणीको छात्रा हुन् भने रजत पदक विजेता उदिता भुजेल ९ श्रेणीको छात्रा हुन्|

About Author

Advertisement