भाइस एडमिरल दिनेश कुमार त्रिपाठी नयाँ नौसेना प्रमुखमा नियुक्त

PICPU6P.jpeg

नयाँ दिल्ली: केन्द्र सरकारले पीभीएसएम, एभीएसएम, एनएम भैस एडमिरल दिनेश कुमार त्रिपाठीलाई नयाँ नौसेना प्रमुखको रूपमा नियुक्त गरेको छ। उनले ३० अप्रेल २०२४ मा दिउँसो कार्यभार सम्हाल्नेछन्। भाइस एडमिरल त्रिपाठी हाल नौसेना प्रमुखको रूपमा कार्यरत छन्। वर्तमान नौसेना प्रमुख पीभीएसएम, एभीएसएम, भीएसएम एडमिरल आर हरि कुमार ३० अप्रेल  २०२४ मा सेवानिवृत्त हुँदैछन्। भाइस एडमिरल दिनेश कुमार त्रिपाठीको जन्म १५ मई १९६४ मा भएको हो। उनी १ जुलाई १९८५ मा भारतीय नौसेनाको कार्यकारी शाखामा नियुक्त भएका थिए। उनी सञ्चार र इलेक्ट्रोनिक युद्ध विशेषज्ञ हुन्। उनले नौसेनामा करिब ३९ वर्ष लामो र विशिष्ट सेवा गरेका छन्। नौसेनाको उपप्रमुखको पदभार ग्रहण गर्नुअघि उनले पश्चिमी नौसेना कमाण्डको फ्ल्याग अफिसर कमाण्डिङ-इन-चीफको रूपमा काम गरेका थिए।

भाइस एडमिरल दिनेश कुमार त्रिपाठीले भारतीय नौसेनाका जहाज विनास, किर्च र त्रिशूलको कमाण्ड सम्हालेका छन्। यस बाहेक उनले विभिन्न महत्वपूर्ण परिचालन र कर्मचारी नियुक्ति समेत गरिसकेका छन्। यसमा अपरेशन अफिसर वेस्टर्न फ्लीट, डाइरेक्टर नेभल अपरेशन्स, प्रिन्सिपल डाइरेक्टर नेटवर्क सेन्ट्रल अपरेशन्स र प्रिन्सिपल डाइरेक्टर नेभल प्लानिङ नयाँ दिल्लीको पदहरू समावेश छन्। रियर एडमिरलको रूपमा उनले नौसेनाका सहायक प्रमुख (नीति र योजना) र पूर्वी फ्लीट कमाण्डिङ फ्ल्याग अफिसरको रूपमा काम गरेका छन्। उनले प्रतिष्ठित भारतीय नौसेना अकादमी एजिमालाको कमाण्डेन्ट, नौसेना अपरेशनका महानिर्देशक, चीफ अफ पर्सनल र फ्ल्याग अफिसर कमान्डिङ-इन-चीफ, पश्चिमी नौसेना कमाण्डमा वाइस एडमिरलको पदमा काम गरेका छन्। सैनिक स्कूल–रेवा र नेशनल डिफेन्स एकेडेमी–खडकवासलाका पूर्व विद्यार्थी, भाइस एडमिरल दिनेश कुमार त्रिपाठीले डिफेन्स सर्भिसेज स्टाफ कलेज, वेलिंगटन, नेभल हायर कमाण्ड–कारञ्ज र युनाइटेड स्टेट्स नेभल वार कलेज–नेभल कमाण्ड कलेज, अमेरिकामा विभिन्न पाठ्यक्रमहरू पूरा गरेका छन्। -पीआईबी

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *