अबेर राति इजरायलद्वारा इरानमाथि आक्रमण

Iran-Isreal-attack-representative-photo-copy

हालै इरानले इजरायलमाथि मिसाइल र ड्रोन आक्रमण गरेको थियो। अब इजरायलले पनि जवाफी कारबाही गर्दै इरानमाथि मिसाइल हमला गरेको खबर आएको छ। अमेरिकी सञ्चारमाध्यमले शीर्ष अमेरिकी अधिकारीलाई उद्धृत गर्दै यो जानकारी दिएको छ। इरानको विमानस्थलमा ठूलो विस्फोटको आवाज सुनिएको छ। इरानको समाचार एजेन्सीले पनि इरानको इस्फाहान शहरको विमानस्थलमा विस्फोटको आवाज सुनिएको दाबी गरेको छ। तर, विस्फोटको कारण भने खुल्न सकेको छैन। यो उल्लेखनीय छ, इरानका धेरै परमाणु स्थानहरू इस्फाहान प्रान्तमा अवस्थित छन्, जसमध्ये इरानको युरेनियम संवर्धनको मुख्य केन्द्र पनि यहाँ अवस्थित छ। अमेरिकी सञ्चारमाध्यमका अनुसार इरानको हवाई क्षेत्रमा धेरै उडानको रुट परिवर्तन गरिएको छ।

हालै इरानले इजरायलमाथि ३०० भन्दा बढी मिसाइल र ड्रोन आक्रमण गरेको थियो। यद्यपी यी मिसाइल र ड्रोनले इजरायलको वायु सुरक्षामा प्रवेश गर्न सकेनन्। वास्तवमा, दमास्कसस्थित इरानको दूतावासमा हमला भएको थियो। यस हमलामा इरानको सेनाका दुई शीर्ष कमाण्डरसहित सात जनाको मृत्यु भएको थियो। इरानले इजरायललाई यस हमलाको आरोप लगाएको थियो। यस आक्रमणको जवाफमा इरानले इजरायलमाथि आक्रमण गरेको थियो। आक्रमणपछि इरानले इजरायलले आक्रमण गरे थप बल प्रयोग गर्ने चेतावनी दिएको थियो। इरान र इजरायलबीचको तनावको यो मुद्दा संयुक्त राष्ट्र सुरक्षा परिषदमा पनि उठाइयो। संयुक्त राष्ट्र सुरक्षा परिषदको बैठकमा इजरायलले इरानको सेनालाई आतंकवादी संगठन घोषणा गर्न माग गरेको थियो। यसैबीच इरानले इजरायललाई इरानमाथि आक्रमण गर्ने प्रयास गरे त्यसको परिणाम गम्भीर हुने चेतावनी दिएको थियो। इरानले अमेरिकालाई दुई देशबीच नआउन चेतावनी समेत दिएको थियो। संयुक्त राष्ट्रसंघका महासचिवले पश्चिम एसियाले अर्को युद्धको सामना गर्ने स्थितिमा नभएकाले शान्तिपूर्ण रुपमा समस्या समाधान गर्न दुवै देशलाई अपिल गरेका थिए। इजरायल–हमास युद्धपछि इजरायल–इरान तनावले सिंगो अरब क्षेत्रमा तनाव बढ्न सक्ने धेरै विज्ञहरुले आशंका गरेका छन् ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *