तृणमूल कांग्रेसका उम्मेदवार निर्मल चन्द्र रायले गरे मतदान

Capture1-15.png

जलपाईगुडी: तृणमूल कांग्रेसका उम्मेदवार निर्मल चन्द्र रायले जलपाईगुडी लोकसभा निर्वाचन क्षेत्रबाट मतदान गरेका छन्। तृणमूल कांग्रेसका उम्मेदवार निर्मल चन्द्र राय आज बिहान करिब ७ बजे धुपगुरी सहरमा रहेको आफ्नो घरबाट निस्किएर गाउँ घर पुगेका छन्। त्यहाँ उनले आमालाई अभिवादन गरे। यसपछि, तृणमूल कांग्रेसका उम्मेदवारले आफ्नी श्रीमतीसँग नजिकैको बामनतरी अतिरिक्त प्राथमिक विद्यालयको बुथ नम्बर १५/५९ मा मतदान गरे। भोट दिएपछि बाहिर निस्केर पत्रकारहरुलाई सम्बोधन गर्दै उनले बिहान भोट हालेको बताए। त्यसपछि म विभिन्न केन्द्रहरूको भ्रमण गर्नेछु। हालसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement