चौरासी देशमा निर्यात नेपाली ब्राण्डको ‘लाइकी कुरुस’

IMG-20240419-WA0004

झापा(नेपाल): नेपालमा उत्पादन भएको निटिङ निडल्स (स्विटर बुन्ने कुरुस) अमेरिका तथा युरोपलगायतका हुँदै विश्वका कुनाकाप्चासम्म पुगेका छन्। चर्चित अनलाइन मार्केट अमेजनमा ‘मेड इन नेपाल’ उल्लेख गरेको ‘लाइकी निटिङ निडल्स’का उत्पादन फाइभ स्टार र्‍याङ्किङमा छन्। चारदेखि १३५ डलर मूल्य राखिएका ती नेपाली उत्पादन प्रयोगकर्ताले रुचाएको प्रतिक्रिया दिएका  छन्। कपिलवस्तुका युवा मिर्जा रासिद बेगले छ वर्षदेखि उत्पादन गरेको कुरुस विश्व बजारमा प्रवेश पाएको छ। कृष्णनगर नगरपालिका–३ मा दुई करोड रुपियाँको लागतमा खोलेको इम्बार्क इन्टरनेसनल कम्पनीले आज वार्षिक २० करोड रुपियाँ बराबरको कुरुस विदेश निर्यात गर्दै आएको छ।

‘लाइकी’ ब्राण्डको कुरुस ८३ भन्दा बढी देशमा निर्यात हुन्छ। अमेरिका, क्यानडा, युरोप, अस्ट्रेलिया, जापान, चाइना, कोरिया, रसियामा उच्च माग छ। अमेजन र विभिन्न देशका इकमर्स साइटबाट समेत बिक्री गरिएको छ। जाडो हुने देशमा यसको प्रयोग हुन्छ। गल्फ र अफ्रिकामा  यसको बिक्री हुँदैन। नेपाललगायत दक्षिण एसियाली बजारमा स्टिलको बढी कुरुस प्रयोग हुन्छ। मेटल, ब्रास, नाइलनको डोरी बटम प्रयोग गरी डिजाइनलाई पूर्णता दिइन्छ। काठ र अन्य कच्चा पदार्थ चीन तथा रसियाबाट आयात गरेका छन्। इको फ्रेन्ड्ली र आकर्षकसमेत छ। १२ अलग अलग प्रकारको जोडी र ८२ वटा साइजका कुरुस उत्पादन गरिएको छ। कुरुसबाट स्विटर, मोजा, टोपी, मफलर जस्ता न्यानो कपडा बनाउने गरिन्छ। माछा समाउने जालसमेत कुरुसको सहायताले बुन्न सकिन्छ। मिर्जा रासिद बेग एमबीएको पढाइ सकाएर रोजगारीका निम्ति कतार, जर्मनी र चीन पुगेका थिए। चीन बस्दा कुरुस उद्योग खोल्ने सोच आएको थियो। चीनमा बसेर व्यवसाय गर्ने अवसर जुरे पनि त्यो छाडेर आफ्नै देशमा व्यवसाय सुरु गर्न नेपाल फर्केको उनले द रिपब्लिक इण्डियनसँग बताए।  आठ जना कामदारबाट उत्पादन शुरु गरेको र एक महिनामा विदेश निर्यात गर्न सफल भएको उनले बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *