विवाहमा छोरीसँगै सिटिसफारी दाईजो!

IMG-20240419-WA0006

झापा(नेपाल): पूर्वी नेपाल स्थित मोरङको रंगेली नगरपालिका ९ का बनकोलमा बसोवास गर्दे आएका पवन ऋषिदेवले आफ्नो छोरीको विवाहमा दाईजोको रुपमा सिटिसफारी दिएर उदाहरणीय कार्य गरेका छन्। पछिल्लो समयमा मण्डल, साह, यादव, पासवान, ऋषिदेवलगायत अन्य समुदायमा रहेका छोरीहरुको विवाह निकै खर्चको व्यवस्था गर्नुपर्ने बाध्यता रहेको छ। आर्थिक स्थिति कमजोर भएको कारण सो समुदायका केही छोरीहरुको अहिलेसम्म पनि विवाह हुनसकेको छैन। सो समुदायमा छोरीको विवाह गर्नका निम्ति बेहुलालाई दाईजोको रुपमा १० वर्ष अगाडि साइकल दिने चलन रहेको थियो। तर केही वर्ष यतादेखि बेहुलाले दाईजोको रुपमा छोरीपक्षको आर्थिक अवस्थाको कुनै ख्याल नै नगरि मोटरसाइकल माग गर्ने चलन दिनहुँ बढदै गएको छ।

बेहुलाको घरमा समेत साँझ बिहान हातमुख जोडन समेत मुश्किल भए पनि उनिहरुले दाईजोमा मोटरसाइकल माग गर्ने नत्र विवाह नै नगर्ने चलन समेत बढदै गइरहेको छ। रंगेली ९ बनकोलका पवन ऋषिदेवले आफ्नी छोरी कन्चन कुमारी ऋषिदेवको विवाह विराटनगर ४ निवासी खार्जी बस्ने सुनिल कुमार ऋषिदेवसँग धुमधामका साथ गरिदिएका छन्। सो परिवारले दाईजोमा बेहुला पक्षले मोटरसाईकलको माग गरेतापनि पवनका परिवारले दाईजोमा सिटिसफारी दिएका हुन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *