जलेर आमाछोरीको रहस्यमय मृत्यु प्रकरण

Death-Image-Rep-copy

झापा(नेपाल): बुधबार राति ८ बजेतिर मधेश प्रदेश अन्तर्गत जनकपुरधाम उपमहानगरपालिका– १६ कपिलेश्वरमा पोखरी नजिक स्थानीयले बालिका चिच्याएको आवाज सुने। आवाज आएतिर हेर्दा आगो झिलिक्क बलेर निभ्न लागेको जस्तो देखे। तत्कालै स्थानीयले पुलिसलाई फोन गरे र दौडेर त्यहाँ पुगे। ‘महिलाको लुगा जलेर जिउ पोलेर मृत्यु भइसकेको थियो सानो बालिका जिउमा आगो लागेर चिच्याइरहेकी थिइन्। छेउमै त्यहाँ मोबाइलको टर्च बलिरहेकै थियो। जलेर हल्का बाँकी रहेको प्लास्टिकको बोतलमा मट्टितेलको जस्तो गन्ध आयो’, एक पुलिस अधिकारीले भने। ती पुलिस अधिकारीका अनुसार बालिकालाई उपचारका लागि तत्कालै जनकपुर प्रादेशिक अस्पतालतर्फ पठाइयो, तर बाटैमा मृत्यु भयो।

बिहीबार दिउँसो पुलिसले मृतकको सनाखत पनि गरेको छ। उनीहरु थिए, महोत्तरीको मनरा सिसवा नगरपालिका–२ की २३ वर्षीया प्रियंका महतो कानु र उनकी छोरी १० महिनाकी माही महतो। धनुषाका पुलिस प्रवक्ता डीएसपी रञ्जन अवाले घटनास्थलको प्रकृतिले आमाछोरीको हत्या वा आत्महत्या प्रष्ट नभएको बताए। ‘अहिलेसम्मको स्थिति हेर्दा आत्महत्या गरेको जस्तो देखिन्छ। अन्य मान्छेको संलग्लनता अहिलेसम्म खुलेको छैन। हत्या भएको जस्तो प्रमाणहरु फेला परेको छैन। तापनि हामी प्राविधिक तर्फबाट पनि अनुसन्धान गर्दैछौं। त्यसबाट केही खुल्छ कि’, भन्ने उनले अपेक्षा व्यक्त गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *