पूर्वी नेपालको सुकुना मावि नेपालका ठूला विद्यालयहरूको सूचीमा समाविष्ट

IMG-20240419-WA0007

झापा(नेपाल): नेपालका ठूला २० विद्यालयहरूको सूचीमा पूर्बी नेपाल अन्तर्गत मोरङको सुन्दरहरैंचामा अबस्थित सुकुना मावि समेत समाविष्ठ छ। विद्यार्थी संख्याका आधारमा सेहर्ड नामक संस्थाले प्रकाशित गरेको इएम आइ एस रिपोर्ट अनुसार सुकुना मावि नेपालको १२औं स्थानमा पर्न सफल भएको छ।   रिपोर्ट अनुसार ४ हजार ९६ जना विद्यार्थी रहेको मोरङ सुन्दर हरैंचामा अवस्थित सुकुना माध्यमिक विद्यालय नेपालका ठूला २० स्कूलहरुको सुचीमा १२ औं स्थानमा परेको हो। रिपोर्ट अनुसार नेपालको ठूलो  विद्यालय सूचीमा ८ हजार ८९ जना विद्यार्थी रहेको बुटवलमा अवस्थित कालिका मानव ज्ञान सेकेण्डरी स्कूल परेको छ।  त्यस्तै दोस्रोमा ६ हजार १९ जना विद्यार्थी रहेको शान्ति नमुना सेकेण्डरी स्कूल, तिलोत्तमा रुपन्देही परेको छ।  तेश्रोमा जनता मोडेल मावि गिड्डा बेलापट्टी, धनुषा परेको छ। सो स्कुलमा ५ हजार ७ सय ८९ विद्यार्थी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement