कोशी प्रदेश सभामा संकल्प प्रस्ताव पेश

IMG-20240419-WA0002

झापा(नेपाल): कोशी प्रदेश सभाको बिहिबारदेखि शुरु भएको विशेष अधिवेशनमा  नेपाल कम्युनिष्ट पार्टी एकिकृत मालेको प्रस्तावमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले समर्थन गरेको संकल्प प्रस्ताव प्रदेश सभामा पेश भएको छ। नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रदेशसभा समक्ष संकल्प प्रस्ताव पेश गरेका हुन्। संकल्प प्रस्ताव पेश गर्ने क्रममा बोल्दै भण्डारीले संसद्को सर्वोच्चता देखाउन संकल्प प्रस्ताव पेश भएको जानकारी गराए।  संकल्प प्रस्ताव पास हुँदा पनि मुख्यमन्त्रीले मार्ग प्रशस्त नगरे, संसद्को विशेष अधिकार हनन भए अदालत जस्तो न्यायिक क्षेत्रमा पनि प्रवेश गर्ने चेतावनी दि ।

(अक्टुबर) आश्विन २७  एकिकृत मालेका ३९ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्रीलाई समर्थन गरेको र 28  अक्टुबर (कात्तिक १ गते)  विश्वासको मत दिएको भए पनि  सरकारलाई समर्थन गरिरहन नसकिएपछि विश्वासको मत फिर्ता लिइएको स्पष्ट पारे। एकिकृत माले र माओवादी केन्द्रले दिएको विश्वासको मत फिर्ता लिएको र सरकार नै छाडिसकेको अवस्थामा मुख्यमन्त्री अल्पमतमा परेको दाबी उनको छ। ‘संसदीय सर्वोच्चतामा अल्पमतमा परेपछि सरकारमा बस्न मिल्दैन, भण्डारीले भने, संसदीय सर्वोच्चता भनेको बहुमतले शासन चलाउने र अल्पमत प्रतिपक्षमा बस्ने भन्ने नै हो।’ संकल्प प्रस्तावको समर्थन गर्दै नेकपा माओवादी केन्द्रका सांसद गणेशप्रसाद उप्रेती र किशोरचन्द्र दुलालले सरकारले तत्काल मार्ग प्रशस्त गर्नु पर्ने बताए। उप्रेतीले संकल्प प्रस्ताव दर्ता भइसकेको अवस्थामा सरकारले कुरा बुझ्नु पर्नेमा उनको जिकिर छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *