प्यालेस्टाइनलाई संयुक्त राष्ट्र संघको सदस्यता दिन अस्वीकार

unn

प्यालेस्टाइनलाई संयुक्त राष्ट्र संघको सदस्यता दिन अस्वीकार गरिएको छ। सदस्यता दिने सम्बन्धी संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको बैठकमा अमेरिकाले भिटो प्रयोग गरेपछि प्यालेस्टाइनलाई सदस्यता दिन अस्वीकार गरिएको हो। १५ सदस्यीय सुरक्षा परिषदमा १२ सदस्य राष्ट्रले पक्षमा मतदान गर्दा एक सदस्यले भने विपक्षमा मतदान गरे। यसैगरी दुई  सदस्य राष्ट्र भने मतदान प्रक्रियामा सहभागी भएनन्। १५ सदस्यीय सुरक्षा परिषदमा पाँच स्थायी राष्ट्र रहेकाले उनीहरुले भिटो प्रयोग गर्दा कुनै पनि प्रस्ताव पारित हुँदैन। प्यालेस्टाइनको पक्षमा बहुमतले सदस्यता दिनुपर्ने मतदान गरे पनि अमेरिकाको भिटोका कारण यो प्रस्ताव असफल भएको हो।

स्थायी सदस्यमा चीन, फ्रान्स, रसिया, इंग्ल्याण्ड र अमेरिका रहेका छन्। यी पाँच मध्य एकले मात्रै भिटो प्रयोग गर्दा प्रस्तावहरु असफल हुने गरेका छन्। गाजामा जारी लडाइँको बीचमा, प्यालेस्टाइनले २ अप्रेलमा संयुक्त राष्ट्रका महासचिवलाई पत्र पठायो र संगठनको सदस्यताका लागि प्यालेस्टाइनको आवेदनलाई पुनर्विचार गर्न अनुरोध गरिएको थियो। प्यालेस्टाइनले सन् २०११ मा पहिलो पटक संयुक्त राष्ट्र संघमा निवेदन दिएको थियो। प्यालेस्टाइनको पछिल्लो अनुरोधपछि संयुक्त राष्ट्र प्रमुखले उक्त पत्र सुरक्षा परिषदलाई हस्तान्तरण गरिएको थियो। 

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *