हामीले सोचेको भन्दा धेरै कठिन रह्यो म्याचः बुमराह

IMG-20240419-WA0102.jpg

मुल्लांपुर: आईपीएल २०२४-को ३३औं म्याचमा पाँचपल्टको च्याम्पियन मुम्बई इण्डियन्सले पञ्जाब किंग्सलाई ९ रनले पराजित गऱ्यो। खराब शुरुवातपछि पनि तल्लो क्रमको ब्याटरहरूका लड़ाकू प्रदर्शनको सहायताले एक समय पञ्जाब किंग्स जीतको नजिक पुगिसकेको थियो तर अन्तमा मुम्बई इण्डियन्सले जसोतसो म्याच जित्यो। मुम्बईलाई जीत दिलाउनमा अनुभवी पेस बलर जसप्रीत बुमराहको महत्त्वपूर्ण भूमिका रह्यो, जसले ३ विकेट हासिल गरे। प्लेयर अव् द म्याचको पुरस्कार जितेपछि बुमराहले भने, यो नजिकको म्याच थियो। हामीले सोचेभन्दा धेरै कठिन रह्यो यो म्याच। पीचबाट सहायता प्राप्त हुँदा तपाईं प्रभावित गर्न चाहनु हुन्छ अनि यस प्रारूपमा बल दुई ओभर चाहिँ स्विंग हुन्छ। हामीले पहिलो केही ओभरहरूको फाइदा उठाउने प्रयास गऱ्यौं। अधिक बलिंग गर्ने इच्छा भए टेस्ट क्रिकेट खेल्छु। त्यहाँ मेरो इच्छा पूरा हुन्छ तर टी२० सम्पूर्ण रूपले अलग हुन्छ। आजको म्याच जितेर हामी खुशी छौं।
म्याचको कुरा गर्दा टस हारेर पहिला ब्याटिंग गर्दै मुम्बई इण्डियन्सले २० ओभरमा ७ विकेट गुमाएर १९२ रन बनायो। सूर्यकुमार यादवले ७ वटा चौका र ३ वटा छक्काको साथ ५३ बलमा सर्वाधिक ७८ रन बनाए। यसबाहेक रोहित शर्माले ३६ र तिलक वर्माले अविजित ३४ रन बनाए। पञ्जाबका बलरहरूमा हर्षल पटेलले ३ र सेम कुरेनले २ विकेट लिए। लक्ष्यलाई खेदो गर्दै पञ्जाबको शुरुवात निराशाजनक रह्यो अनि ७७ रनको स्कोरसम्म ६ विकेटको पतन भइसकेको थियो। यस्तो प्रतिकूल परिस्थितिमा आठौं नम्बरमा ब्याटिंग गर्दै अशुतोष शर्माले ७ वटा छक्का र २ वटा चौकाको साथ २८ बलमा ६१ रन बनाएर सक्दो प्रयास गरे पनि टीमलाई जीत दिलाउन सकेनन्। अशुतोष बाहेक शशांक सिंहले ४१ र हरप्रीत ब्रारले २१ रनको योगदान दिए। मुम्बईका बलरहरूमा बुमराह र गेराल्ड कोएत्जीले ३-३ विकेट लिए। यस जीतपछि मुम्बई इण्डियन्स ७ वटा म्याचमा ३ वटा जीतको साथ ६ पोइण्ट्स लिएर नेट रन रेटको आधारमा आईपीएल पोइण्ट्स टेबलको सातौं नम्बरमा पुग्यो। यसरी नवौं स्थानमा रहने पञ्जाब किंग्ससँग ४ पोइण्ट्स रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *