सीएसके-मा पेसर ग्लीसनको आगमन

IMG-20240419-WA0000.jpg

लखनऊ: न्यूजील्याण्डका स्टार ब्याटर डेवोन कनवे औंलीको चोटले गर्दा आईपीएल २०२४-को पूरा सीजनबाट बाहिर भएका छन । यसैकारण वर्तमान च्याम्पियन चेन्नई सुपर किंग्स (सीएसके)-ले उनको स्थानमा ईंग्ल्याण्डका पेस बलर रिचर्ड ग्लीसनलाई टीममा सामेल गरेको छ। कनवेले गत वर्ष सीएसके-लाई च्याम्पियन बनाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। गत सीजनमा उनले १५ वटा ईनिंग्समा ५१.६९-को औसत र लगभग १४०-को स्ट्राईक रेटले ६७२ रन बनाएका थिए। ग्लीसन टीममा सामेल हुँदा सीएसके-लाई मुस्ताफिजुर रहमानको अनुपस्थितिमा पेस आक्रमणलाई सम्हाल्नमा सहायता हुनेछ। मुस्ताफिजुरले आईपीएल २०२४-मा अहिलेसम्म चेन्नईको निम्ति सर्वाधिक विकेट हासिल गरेका छन् तर बंग्लादेश क्रिकेट बोर्ड (बीसीबी)-ले उनलाई आईपीएलमा खेल्न १ मईसम्मको निम्ति एनओसी दिएको छ। ग्लीसन यसपाली पहिलोपल्ट आईपीएलमा खेल्नेछन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *