चोटले गर्दा पेरिस ओलम्पिकबाट बाहिर भए श्रीशंकर

IMG-20240418-WA0230.jpg

नयाँ दिल्ली: अभ्यास सत्रको अवधि लागेको घुँड़ाको चोटले गर्दा भारतका लंग जम्प एथलीट मुरली श्रीशंकर यस साल हुने पेरिस ओलम्पिकबाट बाहिर भएका छन्। चोटमुक्त हुन सर्जरी गराउनु पर्ने हुनाले उनी यस साल खेलदेखि बाहिर रहनेछन्। एशियन गेम्स र कमनवेल्थ गेम्सका रजत पदक विजेता श्रीशंकरले २०२३ एशियन एथलेटिक्स च्याम्पियनशीपमा ८.३७ मीटरको प्रयासको साथ रजत पदक जितेर पेरिस ओलम्पिकको निम्ति क्वालीफाई गरेका थिए। यस २५ वर्षीय खेलाड़ीले शंघाई/सुझोउ र दोहामा क्रमशः २७ अप्रेल र १० मईमा लगातार दुईवटा डायमण्ड लीग प्रतियोगिताको साथ सत्रको शुरुवात गर्नु थियो तर मंगलवार अभ्यास सत्रको अवधि उनलाई चोट लाग्यो अनि त्यही चोटले ओलम्पिकमा हिस्सा लिने उनको सपना भताभुंगै भयो। श्रीशंकरले सोशल मीडिया पोस्टमा भनेका छन्, दुर्भाग्यले यो नराम्रो सपना जस्तो भयो तर यही वास्तविकता हो। पेरिस ओलम्पिकमा हिस्सा लिने मेरो सपना भताभुंगै भयो। यो खेलको हिस्सा हो अनि म अझ मजबूतीको साथ फर्किनेछु।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *