टाइम म्यागजीनको १०० सबैभन्दा प्रभावशाली व्यक्तिहरूमा स्थान पाइन् पहलवान साक्षीले

IMG-20240418-WA0226.jpg

नयाँ दिल्ली: टाइम म्यागजीनले विश्वका १०० सबैभन्दा प्रभावशाली व्यक्तिहरूका सूची जारी गरेको छ। यस सूचीमा यसपाली पनि भारतीयहरूलाई स्थान प्राप्त भएको छ, जसमा ओलम्पिक पदक विजेता पूर्व पहलवान साक्षी मलिक पनि सामेल छिन्। साल २०२४-को निम्ति यस सूचीमा कुश्ती खेलमा भारतकी एकमात्र महिला ओलम्पिक पदक विजेता साक्षीलाई भारतीय कुश्ती महासंघका पूर्व अध्यक्ष बृजभूषण शरण सिंहद्वारा महिला पहलवानहरूमाथि कथित यौन उत्पीड़न विरुद्ध उनकी अथक लड़ाइँको निम्ति सम्मानित गरिएको छ। साक्षीले २०१६-को रियो ओलम्पिकमा काँस्य पदक जितेकी थिइन्। साक्षीले दुईपल्टकी वर्ल्ड च्याम्पियनशीप काँस्य पदक विजेता विनेश फोगाट र टोक्यो ओलम्पिकमा काँस्य पदक विजेता बजरंग पूनियासँग जन्तर-मन्तरमा सिंह विरुद्ध विरोध प्रदर्शनको नेतृत्व गरेकी थिइन् अनि देशकी महिला पहलवानहरूलाई कथित रूपमा डर देखाएर धम्की दिएको अनि यौन उत्पीड़नको निम्ति उनलाई पक्राउ गर्ने माग गरेकी थिइन्। गत वर्ष जनवरीमा शुरु भएको विरोध प्रदर्शनले भारत मात्र नभएर विदेशबाट पनि समर्थन हासिल गरेको थियो। सिंहले विरुद्ध आरोप पत्र पनि दायर गरिएको थियो तर उनले यी आरोपहरूलाई अस्वीकार गर्दै आएका छन्। सूचीमा सामेल अन्य भारतीयहरूमा अभिनेत्री आलिया भट्ट, इण्डो-ब्रिटिश अभिनेता देव पटेल र माइक्रोसफ्ट-का सीईओ सत्या नडेला सामेल छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *