पोस्टल ब्यालेटको भोट सेयरलाई लिएर केही व्हाट्सएपमा झुटो समाचार: सीईओ

1000579026.jpg

गान्तोक: सिक्किमको मुख्य निर्वाचन कार्यालय (सीईओ) ले केही व्हाट्सएप ग्रुपमा पोस्टल ब्यालेटलाई लिएर झुटो समाचार प्रचार-प्रसार भइरहेको दिशामा सबैको ध्यान आकर्षित गराएको छ।

सीईओ सिक्किमले आफ्नो फेसबुक पेजमा पोस्टल ब्यालेटहरूको प्रतिलिपिसहित सिक्किमका विभिन्न राजनीतिक दलहरूको पोस्टल ब्यालेटको भोट सेयरलाई लिएर केही व्हाट्सएपमा झुटो समाचार प्रचार-प्रसार भइरहेको बताएको छ।

सीईओ सिक्किमले यो झुटो समाचार रहेको र सिक्किमका जनतालाई यस्ता झुटो समाचारमा विश्वास नगर्न अनुरोध गरेको छ। यसैगरी, मानिसहरूलाई पनि यस्ता झुटो र अप्रमाणित समाचार सामाजिक सञ्जालमा प्रचार-प्रसार नगर्न अनुरोध गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *