गान्तोक: भारतको चुनाउ आयोगले १९ अप्रेल, २०२४ बिहान ७ बजीदेखि १ जून, २०२४ सॉंझ ६:३० बजीसम्म प्रिन्ट र इलेक्ट्रोनिक मिडिया अथवा अन्य कुनै पनि तरिकामा एक्जिट पोल सञ्चालन र प्रकाशन वा सार्वजनिक गर्न प्रतिबन्ध लगाएको छ। यस अवधि कुनै पनि मत सर्वेक्षणको नतिजा सहित कुनै पनि चुनावी विषयहरूको प्रदर्शन अथवा मतदानको समापनको लागि तोकिएको समयको साथ समाप्त हुने ४८ घण्टाको अवधिमा कुनै पनि अन्य मतदान सम्बन्धी सर्वेक्षण गर्न पाइने छैन। यसको उल्लङ्घन गरेको खण्डमा जरिवाना अथवा दुई वर्षसम्म कैदको सजायको प्रावधान रहेको पनि बताइएको छ।