उच्च स्थानका मतदान केन्द्रहरुमा मतदानको तयारी

IMG-20240418-WA0227.jpg

गान्तोक: पाक्योङ स्थित डिक्लिङ सिनियर सेकेण्डरी स्कूलको अडिटोरियम हलमा आजबाट मतदान सामाग्री र इलेक्ट्रोनिक भोटिङ मेसिन विभिन्नम मतदान केन्द्रका लागि पठाउने कार्य सुरु भएको छ। यसअन्तर्गत २१ नाथाङ माचोङ समष्टिको सबैन्दा चाईमा रहेको स्थानमा रहेको मतदान केन्द्रको सामग्री सम्बन्धित मतदान टोली अधिकृत टोलीलाई हस्तान्तरण गरेको थियो। उच्च स्थानमा रहेका मतदान केन्द्रहरू थेगु प्राथमिक पाठशाला, कुपुप प्राथमिक पाठशाला, नाथाङ प्राथमिक पाठशाला, जुलुक प्राथमिक पाठशाला रहेको छ। पाक्योङ जिल्लाभित्रका सबैभन्दा टाढादेखि नजिकका मतदान केन्द्रहरुलाई प्राथमिकता दिँदै वितरण प्रक्रिया व्यवस्थित गरिएको थियो। वितरण कार्य जिल्ला चुनाउ अधिकारी टाशी छोफेल, सहायक रिटर्निङ अफिसर अनुपा ताम्लिङ, एआरओ, सेक्टर म्याजिस्ट्रेट, प्रहरी अधिकारीहरू र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको निरीक्षणमा गरिएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *