विद्यार्थीहरूलाई लिएर एक दिवसीय कार्यशाला आयोजित

student-partners-institute-logo-700x405.png

गान्तोक: गेजिङ जिल्ला प्रशासनिक केन्द्रको पहलमा हिजो बाह्रौ श्रेणीमा अध्ययनरत विद्यार्थीहरूलाई लिएर एक दिवसीय कार्यशाला आयोजना गरियो। राब्देञ्चीस्थित क्योङगासा कन्या वरिष्ठ विद्यालयमा आयोजित कार्याशालालाई सम्बोधन गर्दै गेजिङ जिल्लाका जिल्लापाल वाइडी योङदाले जिल्ला र राज्य भित्रका शैक्षिक संस्थाहरूबारे प्रकाश पार्दै विद्यार्थीहरूलाई भारत र विश्वभरका विकल्पहरूबारे विचार गर्न प्रोत्साहित गरिन्। उनले विद्यार्थीहरूलाई यस कार्यक्रमका वक्ताहरूबाट अन्तर्दृष्टिहरू सङ्कलन गर्न र आफ्ना साथीहरू र आफू भन्दा कनिष्कहरूमाझ यो सन्देश फैलाउन उत्प्रेरित गरिन्। उनले यसअघि अनलाईन भर्नाका क्रममा दुर्गम क्षेत्रका विद्यार्थीहरूले भोग्नुपरेको कठिनाइको स्मरण गर्दै यस वर्ष अनलाइन पोर्टलमार्फत आवेदन दिन सहज भएको जानकारी गराइन्। जिल्लापालले सरकारको विभिन्न फेलोसिप योजनाहरु जस्तै नरबहादुर भण्डारी फेलोसिप योजना र उत्कृष्ट बिद्यार्थीहरुका लागि अपतन छात्रवृत्ति लगायतका बारेमा पनि जानकारी गराइन्। यसै क्रममा महकुमा अधिकारीले कार्यशालाको प्रगति र यसका मुख्य विषयहरूबारे प्रकाश पारे। उनले जिल्लाका गैरसरकारी संस्थाहरुलाई शिक्षाको क्षेत्रमा सहयोग गर्न आग्रह गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *