पाकिम: पाकिम जिल्लामा कुल १०९ मतदान केन्द्र छन्, जसमा ५ वटा पूर्ण महिला मतदान केन्द्र (पिङ्क बूथ) र २४ महिलामैत्री मतदान केन्द्र सामेल छन्। आज बिहान ७:३० बजी डिक्लिङ सिनियर सेकेण्डरी स्कूलमा इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम) भएको स्ट्रङ रुम खोलियो, जहॉंबाट जिल्लाका पॉंच निर्वाचन क्षेत्रका लागि मतदान सामग्रीहरू पठाइयो।
यस अवसरमा जिल्लापाल एवं जिल्ला चुनाउ अधिकारी टाशी छोपेल, अतिरिक्त जिल्लापाल अनुपा तामलिङ, एसडीएम, उम्मेदवारहरू, चुनाउ एजेन्टहरू, पुलिसकर्मीहरू आदि उपस्थित थिए। प्रक्रिया अनुसार प्रत्येक मतदान केन्द्रका लागि आवण्टित ईभीएम प्रदान गरियो।

शुरूमा जिल्लाका सुदूर मतदान केन्द्रहरूमा मतदान सामग्रीहरू पठाइएको थियो। मतदान सामाग्रीहरू पठाउने सम्पूर्ण प्रक्रिया पुलिस कर्मीहरूको सतर्कतामा सम्पन्न गरियो। स्मरण रहोस्, भोलि बिहान ७ बजीदेखि मतदान शुरू हुनेछ र सॉंझ पॉंच बजीसम्म चल्नेछ।