गेजिङ: भोलि सम्पन्न हुने लोकसभा अनि विधानसभा चुनावको तयारीपछि आज पश्चिम सिक्किमकाे गेजिङ जिल्लाबाट चारवटा निर्वाचन क्षेत्रका निम्ति कुल १५५ इभियम भोटिङ मेसिन ७४ वटा बुथका निम्ति पठाइएको छ। जसमा ४५१ कर्मचारी खटाइएको छ। जसको निम्ति १५० जना कर्मचारी रिजर्वमा राखिएको छ। चुनावको निम्ति १४८ पुलिस कर्मचारी सहित ३२ जना सिआरपीएफका जवानहरु पुलिङ बुथका निम्ति खटाइएको छ। उक्त ७४ वटा पोलिङ बुथमा इभीएम मसिन लिएर गेजिङ जिल्लाका चार क्षेत्रमा ८१ वटा बहानहरु आज प्रस्थान गराइएको छ। यसबाहेक ६ वटा पिङ्क महिला बुथ, अनि १४ वटा मिक्स बुथ पनि तयार गरिएको छ। गेजिङ जिल्लामा कुल मतदाता ५९,४०५ रहेकाे छ भने पुरूषको संख्या कुल २९,६६७ र महिला २९,७३८ मतदाता रहेका छन। गेजिङ जिल्लामा कुल ११ वटा संवेदनशील पोलिङ बुथ रहेको बताइएको छ भने एउटा मोडल पोलिङ बुथ रहेको बताएको छ। भोलि बिहान ७ बजेदेखि मतदान शुरू हुने भएको छ। गेजिङ जिल्लामा रहेका ७४ वटा पोलिङ बुथमा सबै चुनाव सम्बन्धि खटिएका कर्मचारी समयमा पुगेको जानकारी प्राप्त भएको छ।