उत्तर लोथाबारी ग्रामीण अस्पतालमा सेड नभएपछि समस्या भोग्दै रोगी परिवारहरू

04ac8685a-c598-436f-b8af-eb963503f162

कालचिनी: कालचिनी खण्डको एकमात्र ब्लक प्राथमिक स्वास्थ्य केन्द्र उत्तर लोथाबारी ग्रामीण अस्पतालको आपतकालिन दैलो अघि टिनको सेड नभएकोले वर्षाकालमा रोगी साथै रोगी परिवारहरू भिज्न परेको र सेड नभएकोले घामको ताप सोझै पर्न जाने समस्यालगायत अस्पतालको शौचालय साथै पार्क एवम् शौचालयको मैला पानी बगेर अस्पताल परिसरमा जमा हुने आदि समस्याहरूको अस्पताल आउजाउ गर्ने रोगी परिवारहरूले उठान गरेका छन्|

रोगी परिवारहरूले जनाएअनुसार कालचिनी खण्डको एकमात्र ठूलो अस्पताल भनेको यही उत्तर लोथाबारी ग्रामीण अस्पताल हो र पहिलाको तुलनामा अहिले धेरै राम्रो भइरहे पनि अचेल फेरि अस्पताल बेस्याहार भइरहेको छ| अस्पतालको भित्र प्रवेश गर्ने मूल ढोका अघि टिनको सिकुवा छानो अर्थात सेड नभएकोले वर्षाकालमा रोगीहरूलाई एम्बुलेन्सबाट भिजाएर पसाउन परेको र पानीले भिजेर अझै रोगी अस्वास्थ्य हुने गरेको र अस्पतालमा विश्राम गर्ने कुनै घर नभएको अनि अस्पतालको शौचालय ठीक नभएकोले रोगी साथै रोगी परिवारहरू समस्यामा पर्न गइरहेको रोगी परिवारहरूले जनाएका छन्| शौचालयको मैला पानी चुहेर अस्पताल परिसरमा बगेर जमा हुनाले दुर्गन्ध फैलिन थालेको पनि रोगी परिवारहरूले जनाएका छन्|

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *