इम्फाल: इंग्ल्याण्डका पूर्व प्रधानमन्त्री र वर्तमान इन्ग्ल्यांडका विदेश सचिव डेभिड क्यामरुनले भारतको मणिपुरमा धार्मिक द्वन्द्वको मुद्दामा हाउस अफ लर्ड्सलाई सम्बोधन गरे। लर्ड विशप अफ विन्चेस्टरले भारतमा धार्मिक स्वतन्त्रताको अवस्थाबारे सोधेको प्रश्नको जवाफ दिँदै क्यामरुनले द्वन्द्वको धार्मिक आयामलाई स्वीकार गरे। भारतमा धार्मिक स्वतन्त्रता र मणिपुरको अवस्था सम्बन्धी प्रश्नको जवाफमा बेलायती विदेश सचिव डेभिड क्यामरुनले भने, ‘यस द्वन्द्वका केही धार्मिक पक्षहरूलाई हामीले कम आँकलन गर्नु हुँदैन भन्ने कुरा सही हो। हो, कहिलेकाहीँ यो साम्प्रदायिक हुन्छl हामीले भारत सरकारसँग यो कुरा उठाएका छौं।‘ उनले डेभिड क्याम्पानेलको एक रिपोर्टलाई उद्धृत गरे जसले मणिपुरमा दुवै उपत्यकाका बासिन्दा र पहाडी जनजातिहरू बीचको चर्चहरूको विनाशलाई उजागर गर्यो।










