मंगन: मंगन जिल्लामा मतदान टोलीहरूका लागि ईभीएम, वीवीपीएट र मतदान सामग्रीहरूको वितरण सफलतापूर्वक सम्पन्न भएको छ। मंगन जिल्लामा पर्ने ५२ मतदान केन्द्र अन्तर्गत विधानसभा र लोकसभाका लागि ५२ सेट (प्रत्येक) र सङ्घ समष्टिका लागि १३ सेट मतदान टोलीलाई पठाइएको छ।
यसैगरी, तीन विधानसभा क्षेत्र र लोकसभाका लागि अतिरिक्त १४ सेट सेक्टर म्याजिस्ट्रेटलाई रिजर्बको रूपमा पठाइएको छ। मंगन जिल्ला पञ्चायत भवनमा स्थापित स्ट्रङ रूममा विधानसभाका लागि २२, लोकसभाका लागि १७ र सङ्घका लागि १ सेट रिजर्भका रूपमा राखिएको बताइएको छ। ईभीएम वितरणपछि स्ट्रङ रूम राजनीतिक पार्टीका उम्मेदवारहरूको उपस्थितिमा सील गरियो।