विश्व आदिवासी दिवस पालन गर्नलाई कमिटी गठन

0ba496709-a231-4bfd-a0e5-89f35acca7f7

कालचिनी: आगामी ९ अगस्तको दिन विश्व आदिवासी दिवस पालन गर्ने तरखर विभिन्न संघ संस्थाहरूद्वारा भइरहेको क्रममा आज हॉंसीमारा अग्रगामी संघमा तृणमूल कालचिनी ब्लक सभापति राजु बारा उराउँको उपस्थितिमा एउटा सभाको आयोजना गरियो| उक्त सभामा राजु बारा उराउँ लगायत विभिन्न आदिवासी संगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो|   सभामा विश्व आदिवासी दिवस सञ्चालन तथा आयोजना कमिटी गठन गर्दै सभापतिमा राजु बारा, सचिवमा शिवचीक बडाईक र कोषाध्यक्षमा रघु मिञ्जलाई चयनित गरिएको जानकारी सभा सुत्रले दिएका छन्| विश्व आदिवासी दिवस कार्यक्रम हॉंसीमारामा भव्यताको साथ सम्पन्न गरिने र यसमा आदिवासी जनजातिका सबै पक्षलाई निमन्त्रणा गरिने रघु मिञ्जले जनाएका छन्|

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *