विराटनगरमा सभा, सम्मेलन गर्न प्रशासनले रोक्यो  

IMG-20240418-WA0015

झापा, (नेपाल): जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा सभा, सम्मेलन गर्न रोक लगाएको छ। विराटनगर १५ र १७ नम्बर वडामा बुधबार दुई समूहबीचको झडप भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले सूचना जारी गर्दै यस्तो निर्णय गरेको हो। ‘जिल्ला सुरक्षा समितिमा छलफल भई मोरङ जिल्लाको शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मद्देनजर राखी सम्भावित मानवीय क्षति कम गर्न तथा सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न आज   बिहान १०:०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय मोरङसँग समन्वय नगरी राजनीतिक सभा, सामाजिक भेला, धार्मिक गतिविधि लगायत सबै प्रकारका र्‍याली, भेला, प्रदर्शन कार्यक्रम नगर्न/नगराउन हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना जारी गरिएको छ।’ सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार शाहद्वारा जारी सूचनामा यो उल्लेख छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement