साेरेङ: सोरेङको पोस्ट अफिसबाट आज सेवा मतदाताहरूका कुल २१ पोस्टल ब्यालेट प्राप्त भएको छ। सबै पोस्टल ब्यालेटहरू नयॉं बजारकी पोस्ट मास्टर पेमा डोमा भोटियाले नोडल अधिकारी रजनी पेगालाई हस्तान्तरण गरिन्।
यस अवसरमा जिल्ला प्रशासनिक केन्द्रका अधिकारीहरू र विभिन्न राजनीतिक दलका चुनाउ एजेन्टहरू पनि उपस्थित थिए।
पछि, प्राप्त सबै पोस्टल ब्यालेटहरू सोरेङ जिल्ला प्रशासनिक केन्द्रमा स्थापित स्ट्रङ रूममा सील गरियो। यस अवधि रिटर्निङ अफिसर सन्नी खरेल, नोडल अधिकारीहरू र राजनीतिक दलका प्रतिनिधिहरू उपस्थित थिए। नियम अनुसार सम्पूर्ण प्रक्रियाको भिडियो गरिएको बताइएको छ।